‘भूकम्प पीडितका नाममा सहयोग गर्दा ठगिनुहोला’, सचेत हुनुस्: नेपाल प्रहरी
काठमाडाैं | कात्तिक १८, २०८०
काठमाडौं: नेपाल प्रहरीले भूकम्प पीडितहरूका नाममा आर्थिक सहयोग गर्दा ध्यान दिन आग्रह गरेको छ ।
प्रहरी केन्द्रीय कार्यालयले शनिबार सूचना जारी गर्दै इन्टरनेट वा अन्य माध्यमबाट आर्थिक वा अन्य सहयोग गर्दा सहयोग माग्ने व्यक्ति वा संघ–संस्था आधिकारिक हो कि होइन निश्चित गरेर मात्र सहयोग गर्न आग्रह गरेको छ । इन्टरनेटबाट हुने ठगी र आर्थिक शोषणबाट जोगिन प्रहरीले आग्रह गरेको छ ।
आफूलाई सामाजिक अभियन्ता भनेर चिनाउनेहरुले भूकम्पपीडितका नाममा आफूखुसी चन्दा उठाउन सुरु गरिसकेका छन् । यस्तो अवस्थामा इन्टरनेटको विभिन्न माध्यममार्फत ठगी गर्ने गिरोहसमेत सक्रिय हुन सक्ने भएकाले प्रहरीले सचेत गराएको हो ।

पोखरा । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ । पोखराको महेन्द्रपुलमा आज एक विशेष का...
पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ । फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

